सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोल र डिजेलको मूल्य घट्यो

२०८० चैत्र २, ०९:२२ खबर संवाददाता

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिले शुक्रवार बसेको बैठकले आजै मध्यरातीदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। भारतीय आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो।
 

कमेन्ट लोड गर्नुस