सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुवेतमा अस्ताए अछामका सुरज

२०८० चैत्र २, ०२:०१ खबर संवाददाता

अछामः अछामका एक युवक कुवेतमा अस्ताएका छन्।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ का २७ वर्षीय सुरत कडायतको कुवेतमा निधन भएको हो। सुरजको कुवेतमा सडक दुर्घटनामा परेर निधन भएको हो। उनीसँगै नेपाली नागरिक सुजन कार्की र धिरज गुर्माछान मगरको पनि कारको ठक्करबाट निधन भएको छ। २०७९ भदौ ३० गते सुरज कुवेत गएका थिए। उनी त्यहाँ पापाजोन नामको कम्पनीमा ‘वेटर’को काम गर्थे।

विदेशबाट दिनहुँ परिवारसँग सम्पर्क गरिरहन्थे। कुवेत जानुअघि सुरज भारतमा काम गर्थे। उनले ५÷७ वर्ष भारतमा काम गरेका थिए। त्यहाँबाट फर्किएपछि तीन महिना लामो प्रक्रियापछि उनी कुवेत पुगेका थिए। झण्डै साढे ३ लाख ऋण काढेर सुरज विदेशिएका थिए। सुरजको निधनले परिवारसँगै गाउँ नै शोकमा डुबेको छ। सुरजको निधनले परिवारले सहारा गुमाएको छ। उनका ९ र ७ वर्षीया दुई छोरी र ४ वर्षीय छोरा छन्।

कमेन्ट लोड गर्नुस