सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको एकसहित कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृत्यु

२०८० चैत्र १, ०९:४५ खबर संवाददाता

धनगढीः अछामको एकसहित कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृत्यु भएको छ। मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा अछामको पन्चदेवल विनायक–५ का सुरतबहादुर कठायत, काठमाडौं नागार्जुन–२ का सुजन कार्की र धनुषा वेंगादवार–३ का धिरज गुर्मछाने मगर रहेको नेपाली राजदूतावास कुवेतले जनाएको छ। मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मी हुन्।

कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमजान सुरुभएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए। उनीहरु दुबै जना बिहानै काममा जानका लागि निस्किएका थिए। कोठामा फर्किन लागेका साथीलाई बस चढाउन दुई साथीहरुसहित सुरत समेत बाहिर निस्किएका थिए।

गाढी चढाउन भन्दै सोही समयमा सडकमा उभिएका सुरतसहित तीनै जनालाई स्थानीयले चलाएको कारले ठक्कर दिएको थियो। प्रहरीले गाडी चालकलाई पक्राउ गरेको छ। 

 

कमेन्ट लोड गर्नुस