प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनु पर्ने अडान

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले मिडिया काउन्सिल विधेयक लाई पास गर्न नदिने बताएका छन। शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्। उनले संविधानले नै प्रेस स्वतन्त्रता सुरक्षित गरेको अवस्थामा सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै विपक्षीको मागलाई बेवास्ता गरि सरकारले बजेट ल्याउने प्रयास गरे त्यसको प्रतिवाद समेत बताए।
उनले प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनु पर्ने कांग्रेसको अडान रहेको बताउँदै यसमा सरकारले जबर्जस्ती गर्न खोजे कुनै पनि हालतमा पास गर्न नदिने चेतावनी समेत दिए।




