सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको एक होटलमा आगलागी, दुईवटा मोटरसाइकल जले

२०८० फाल्गुन २९, ०१:५४ खबर संवाददाता

बाजुराः बाजुराको एक होटलमा आगलागी भएको छ।

जिल्लाको बडीमालिका नगरपालिका–६ नुनेपानीका उमेशबहादुर कार्कीको होटलमा सोमबार राति आगलागी भएको हो।

आगलागीबाट होटलभित्र रहेका सम्पुर्ण सरसमान र मोटरसाइकल २ थान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै रहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस