सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषिमा भविष्य खोजिरहेका युवाहरुको गुनासो : राज्यबाट सहयोग पाएनौँ

२०७६ जेठ ४, ०१:३६ रोशन भट्ट

प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रमा आपेक्षकृत रुपमा लगानी गर्न नसकेको गुनासो गरिएको छ। कृषिमा भविष्य खोजिरहेका युवाहरुले प्रदेश र स्थानीय सरकारबाट क्षमता बृद्धि विकासमा पनि सहयोग नपाएको गुनासो गरेका छन्। प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रमा आपेक्षकृत रुपमा लगानी नगरेका बेला धनगढीमा कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले आफूहरुले समेत सहयोग नपाएको गुनासो गरेका हुन्।

आफूहरु कृषि क्षेत्रमा भविष्य खोज्दै अध्ययन गरिरहेको भएपनि प्रदेश र स्थानीय तहबाट सीप, ज्ञान र क्षमता बृद्धि विकासमा कुनै सहयोग नमिलेपछि निराशा छाएको धनगढीमा कृषि विषय अध्ययन गर्दै आएका विद्यार्थी तीलक पालीले बताए। धनगढीका कतिपय विद्यालयले कक्षा ९ देखि नै कृषि जेटिए विषयको अध्ययन अध्यापन गराउदै आएका छन्।

तर कृषि अध्ययनकै क्रममा प्रदेश र स्थानीय सरकार लगायतका निकायबाट प्रोत्साहन नमिलेपछि हिनताबोध भएको पनि कतिपय विद्यार्थीहरुको धारणा रहेको छ। उनीहरुले स्थानीय सरकारले कृषि पेशाका लागि उचित वातावरण बनाउन नसकेको आरोप समेत लगाउदै आएका छन्। विद्यार्थीहरुलाई कृषि विषयतर्फ आर्कषित गरी भविष्यमा उदाहरणीय किसान बनाउन सरकारले अग्रसर हुनुपर्ने सुझाव शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक तेज बहादुर सिंहको रहेको छ।

अहिले कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले छुट्टै जग्गा भाडामा लिएर तरकारी लगायतका कृषि उपजहरु उत्पादन समेत गर्दै आएका छन्। अर्गानिक कृषि उत्पादन गर्र्दै आएका विद्यार्थीहरुले अन्य किसानहरुले झै आफूहरुले उचित बजार समेत नपाएको गुनासो गर्दै आएका छन्। भारतबाट आयात हुने कृषि उपजकै कारण नेपाली उत्पादन विस्थापीत हुदै गएको धनगढीमा कृषि विषय पढाउदै आएका शिक्षक टेकराज अवस्थी बताउछन्।

आगामी आर्थीक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा पनि कृषि क्षेत्रलाई विषेश प्रथमिकतामा राख्न माग गरिएको छ। कृषि क्षेत्रमा लगानी वढाएर उचित रोजगारीका अवसर सिर्जना गर्न सके वैदेशिक रोगजारमा जाने दर पनि कम गर्न सकिने बुझाई पनि कतिपयको छ ।  

  

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस