सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली पुलमा आगलागी, ग्यास बोकेको ट्रक जल्यो

२०८० फाल्गुन २८, ०५:११ खबर संवाददाता

धनगढीः कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक चलेको छ।

साथै पुलका लठ्ठामा समेत आगो सल्केको छ। आज (सोमबार) दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो। एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ।

No description available.

आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको छ। आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।ग्याँस लाइटर बोकेको ट्रकमा आगो लागेको हो। आगो लाग्नुको कारण भने खेलेको छैन्। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन्।

No description available.

कमेन्ट लोड गर्नुस