सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद

२०८० फाल्गुन २७, ०८:५९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले आइतवार (आज) अवैध सामान बरामद गरेको  छ।

भीमदत्त नगरपालिका–६ सुकाशालबाट भन्सार छलीका अन्दाजी एक लाख २६ हजार छ सय मुल्य बराबरका चिनि, नमकिन, सुर्ती, चिसो, लत्ताकपडा, मिठाई, सलाई, तेल, प्लाष्टिक पोलिथिन , झुल, कम्प्युटर पेपर, दाललगाएत किरानाका सामान बरामद गरेको हो।

बरामद गरेका सामान कारबाहीका लागि भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
 

कमेन्ट लोड गर्नुस