सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक लाख बढीका कपडा बरामद

२०८० फाल्गुन २६, ०८:१४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले एक लाख बढीका कपडा र खाद्यान्नका सामान बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट भन्सार छलीका अन्दाजी एक लाख १३ हजार मुल्य बराबरका सुट, कोटको कपडा, चिनी, मिश्री, मटर, दाल, सलाई, तेल, बच्चाका खेलौनालगाएत किरानाका सामान प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटीएको प्रहरीले सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको सामान कारबाहीकालागी  भन्सार कार्यालय पठाएको छ।
 

कमेन्ट लोड गर्नुस