कैलाली मोडेल तेक्वान्दो डोजाङबाट शिवपुरी धाममा सरसफाइ
धनगढीः कैलाली मोडेल स्कुल तेक्वान्दो डोजाङबाट शिवपुरी धाममा सरसफाइ गरिएको छ। तेक्वान्दो खेलाडीहरूले शनिवार बिहान शिवपुरी धाम परिसरमा सरसफाइ गरेका हुन्।
शुक्रवार सम्पन्न महाशिवरात्री पर्वमा यत्रतत्र छरिएको कागजबस्तु र फोहरमैला कैलाली मोडेल स्कुलका खेलाडी विद्यार्थीहरूले संकलन गरेर व्यवस्थापन गरेका हुन्। शिवपुरी धाममा प्रशिक्षक पृथ्वीराज घिमिरेको अग्रसरतामा खेलाडीहरूले सरसफाइ गरेका हुन्।