सुदूरपश्चिममा नागरिक उन्मुक्तिका तीन मन्त्रीले खाए शपथ
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज (शुक्रवार) सरकार बिस्तार गरेका छन्।
मुख्यमन्त्री शाहले आज नागरिक उन्मुक्तिका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्। शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन्।
आज तिनै जनाले शपथ ग्रहण गरेका छन्। शाहले नेकपा माओवदी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि पुन्हः सरकार विस्तार गरेका हुन्।