मुख्यमन्त्री शाह सरकार विस्तार गर्दै, नागरिक उन्मुक्तिका थप तीन जना मन्त्री बन्दै
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज सरकार विस्तारको गृहकार्य गर्न लागेका छन्।
उनले आजनै शपथ ग्रहण गराउने तयारी गरेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ। मुख्यमन्त्री शाहले आज नागरिक उन्मुक्तिका तीन जनालाई मन्त्रीमा नियुक्त गर्न लागेका हुन्।
शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले इन्दिरा गिरी र खुसीराम चौधरीलाई मन्त्री नियुक्त गर्न लागिएको हो। उनीहरूलाई दिने मन्त्रालयका विषयमा भने खुलाइएको छैन्।