सुदूर नेपाललाई विश्वसँग जोड्दै

माबि नहुँदा बालविवाह गर्न बाध्य बाजुराका युवती

हिमाली गाँउपालिका १, २ र ३ एसईइपछि बिहे गरेर कलीलो उमेरमा आमा बनेकी एक छात्रा/ फोटो: प्रकाश सिंह बाजुरा
हिमाली गाँउपालिका १, २ र ३ एसईइपछि बिहे गरेर कलीलो उमेरमा आमा बनेकी एक छात्रा/ फोटो: प्रकाश सिंह बाजुरा
२०७६ जेठ ३, ०२:५२ प्रकाश सिंह

बाजुरा–साबिकको बिच्छँया गाबिस अहिलेको हिमाली गाँउपालिका १, २ र ३ मा माबि तह सम्म अध्ययन हुने विद्यालय नहुँदा धेरै छात्राहरु पढाइ छाडेर वालविवाह गर्न बाध्य भएका छन्। हिमाली गाँउ पालिका २ बस्ने कबिता बोहोरा एसईइ पास भइन्। तर साबिकको बिच्छँया गाबिस भरी १२ कक्षा सम्मको पढाई हुने विद्यालय नहुँदा माथिल्लो कक्षा पढ्न बाट बञ्चित भइन्। पढ्न नपाउने भएपछि उनले १६ बर्षको उमेरमै बिवाह गसरन्। पढ्न बिद्यालय छैनन्, बाहिर पढन जानका लागि आर्थिक अबस्था कमजोर भएकाले बाध्य भएर बिहे गरेको बोहोराले वताईन्।

माबिको शिक्षा नहुँदा साबिकको बिच्छँया गाबिसमा वालविवाह पनि बढ्दो रहेको छ। एउटा कारण मावि सम्मको शिक्षा पढने ब्यबस्था नहुनु रहेको हिमाली गाँउपालिकाकी उपाध्यक्ष चन्द्रकला बुढाले बताईन्। वडा नम्बर ३ बौडी बस्ने सुन्तला बोहारा उच्च शिक्षा नपाएर विवाह गर्नु परेको वताउछिन्। पढ्न जानलाइ घरकाले पठाएन्, अनि के गर्ने त विवाह त गर्नै परेको उनले वताईन्। स्थानिय धनमल बोहोरा भन्छन्, चाडै बिहे गर्नेको संख्या धेरै छ, २० बर्षको उमेरमा दुई तिन बच्चा सम्म जन्माईसकेको हुन्छन्। सदरमुकाम मार्तडी बाट निकै टाढा रहेको सो ठाँउ राज्यको पहुँच भन्दा बाहिर नै रहेको छ। सो क्षेत्रबाट २०७४ सालमा ६२ जना बिद्यार्थीले एसईइ परिक्षा दिए। त्यसमा २४ जना छात्रा थिइन्। ति मध्ये ३ जना मात्र बाहिर पढ्न गएको बाँकी सबैले बिद्यालय छोडेको वडा नम्बर १ का वडा अध्यक्ष लालजित थापाले वताए। प्राय धेरैले बिहे समेत गरिसकेको उनले वताए। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस