समाजबादीबाट आर्थिक मामिला मन्त्री बनेका शाही बर्खास्त
२०८० फाल्गुन २४, ०४:१९
धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही बर्खास्त भएका छन्।
प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेकपा (एकीकृत समाजवादी) का मन्त्री शाहीलाई बिहीवार बर्खास्त गरेका हुन।
यसअघि मुख्यमन्त्री शाहले बुधवार नेकपा (माओवादी केन्द्र) का तीन जना मन्त्रीलाई बर्खास्त गरेका थिए। समाजवादीबाट आर्थिक मन्त्री बनेका शाहीलाई बर्खास्त गरेसँगै मुख्यमन्त्री कमलबहादुर अल्पमतमा परेका छन्।
कमेन्ट लोड गर्नुस