सुदूर नेपाललाई विश्वसँग जोड्दै

अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

२०८० फाल्गुन २४, ०२:४२

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ। आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भएको सो पार्टीका प्रवक्ता मनीषकुमार सुमनले जानकारी दिए। मन्त्रीको टुङ्गो लगाउने तथा कतिपय अन्य विषयमा निर्णय हुन भने बाँकी रहेको उनले बताए।

उनका अनुसार आजको बैठकले उपप्रधानमन्त्रीसहित अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने निर्णय गरेको हो।

 

कमेन्ट लोड गर्नुस