दुई मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार मन्त्रिमण्डल विस्तार गरेका छन्।
विस्तारित मन्त्रिमण्डल २० सदस्यीय भएको छ। बुधवार एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीका तर्फबाट मन्त्री थप गर्दै यसअघिको चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरी २० सदस्यीय बनाएका हुन्। तर २ वटा मन्त्रालय अझै प्रधानमन्त्री प्रचण्डसँग रहेका छन्।
वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका हुन्। ती मन्त्रालय जसपालाई छुट्याइएको थियो। तर जसपाले तत्काल मन्त्री नपठाएकाले उसको भागमा परेका मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका हुन्।
