सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूमि व्यवस्था र सहकारी क्षेत्रमा सुधार गर्छुः मन्त्री अधिकारी

२०८० फाल्गुन २४, ०५:४३ खबर संवाददाता

काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधार गर्न अधितम प्रयास गर्ने बताएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले आफूले राम्रो काम गर्ने र त्यसका लागि सबैको सहयोगका लागि आग्रह गरे। विसं २०१७ साउन ४ गते कास्कीको मादी गाउँपालिका गोर्देमा जन्मिनुभएका मन्त्री अधिकारी राजनितिक आन्दोलनका क्रममा चार पटक हिरासतमा रहेका थिए।

शिक्षण पेसा हुँदै राजनीतिमा लाग्नुभएका मन्त्री अधिकारीले २०३४ सालदेखि लमजुङ र कास्कीमा विद्यार्थी राजनीति थालेका थिए। मन्त्री अधिकारी हाल एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इञ्चार्जसमेत छन्।

कपिलवस्तुको शिवराज नगरपालिका–९ सुन्दरीडाँडास्थित प्रकाश माविमा उनी १० वर्ष शिक्षण पेशामा आवद्ध रहेका थिए। मन्त्री अधिकारी २०७० मा कपिलवस्तु क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा विजयी भएका थिए। उनी २०७९ सालमा पनि कपिलवस्तु क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

कमेन्ट लोड गर्नुस