सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरका दुई सांसद मन्त्री बने

२०८० फाल्गुन २३, ०७:३३ खबर संवाददाता

धनगढीः नयाँ गठबन्धनको सरकार बनेसँगै सुदुरपश्चिमका दुई जना सांसद मन्त्री बनेका छन्।

मन्त्री बन्नेमा नेकपा एमालेको तर्फबाट दामोदर भण्डारी मन्त्री बन्ने भएका छन्। बैतडीबाट प्रतिनिधीसभामा निर्वाचित भण्डारी दोश्रो पटक उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री बनेका हुन्। भण्डारी यस अघि केपी ओली नेतृत्वको ९ महिने सरकारमा अर्थ राज्यमन्त्री बनेका थिए।सुदुरपश्चिमबाट एमालेका भण्डारी संघिय सरकारको उधोगमन्त्री बन्दै

यस्तै एकीकृत समाजवादी पार्टीबाट भानुभक्त जोशी मन्त्री बनेका छन्। जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन्। उनी बझाङबाट निर्वाचित भएका थिए। 
 

कमेन्ट लोड गर्नुस