बझाङमा स्काइभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

२०७६ जेठ ३, १०:५७
बझाङको जयपृथ्वी नगरपालिका ११ मा स्काइभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। चैनपुर मयाना सडक निर्माण गर्ने क्रममा मयानाको निलकट्टी भन्ने ठाउँमा बा २ क ७९४० नम्बरको स्काइभेटर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो। मष्टा गाउँपालिका ४ का सत्यराज बोहराको मृत्यु भएको प्रहरी निरिक्षक मिन बहादुर सिंहले बताए।
दुर्घटनामा सिन्धुलीका स्काइभेटर चालक किशोर थापा घाइते भएका छन्। घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस