सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा पञ्चोदय विजयी

२०७६ जेठ ३, ०७:१८ खबर संवाददाता

कैलालीमा भईरहेको अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत आठौं दिनको खेलमा पञ्चोदय मावि २० रनले विजयी भएको छ। क्यास्पियन एकेडेमी विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पञ्चोदयले १६ ओभर खेल्दै सवै विकेटको क्षतमीमा १ सय २५ रन बनाउन सफल भयो। ब्याटिङतर्फ पञ्चोदयका प्रकाश बोगटीले २१ रन बनाउदा मदन शाहले १६ रन बनाए। बलिङतर्फ क्यास्पियन एकेडेमीका लागि निरञ्जन रावलले ३ विकेट लिए भने शिशिर कठायत र रविन जोशीले समान २–२ विकेट लिए। 
१ सय २६ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको क्यास्पियन एकेडेमीले २० ओभरमा सवै विकेट गुमाउँदै १ सय ५ रन मात्रै बनायो। उस्का लागि रविन जोशीले ३४ रन बनाउदा प्राञ्जल मिजारले २७ रन बनाउन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकेनन्। बलिङतर्फ पञ्चोदयका जगत सिंहले ४ विकेट लिए। खेलको म्यान अफ दी म्याच पञ्चोदय उमाविका जगत सिंह घोषित भए। 
 

कमेन्ट लोड गर्नुस