नागरिक उन्मुक्ति पार्टीले बोलायो आकस्मिक बैठक
धनगढी: नागरिक उन्मुक्ति पार्टीले आज आकस्मिक बैठक बोलाएको छ। बदलिएको राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न नाउपाले पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको हो।
पार्टीका महासचिव गंगाराम चौधरीले भने, ‘बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका छौं। पार्टीको निर्णय अनुसार अगाडि बढ्छौ। यसमा एकल निर्णय हुँदैन। पार्टीको हितमा भए सरकारमा जान्छौ। नभए बाहिर बस्छौ।’ बैठक बिहान १० बजे बस्ने बताइएको छ। काठमाडौँमा बस्ने बैठकमा अनिवार्य उपस्थित हुन पनि पार्टीले निर्देशन जारी गरेको छ।