सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार राजनीतिक दलले गरे आठबुँदे सहमति (पूर्णपाठसहित) 

२०८० फाल्गुन २१, ०९:३१ खबर संवाददाता

काठमाडौँः चार राजनीतिक दलहरूले आठबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने तथा रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा  माओवादी र  उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्नेगरी सहमति भएको छ।

सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने निर्णय भएको छ।

यसैगरी सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने पनि सहमतिपत्रमा उल्लेख छ। सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, रास्वापाका सभापति रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

कमेन्ट लोड गर्नुस