सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको डिस्कभरी स्कुलद्वारा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग 

२०८० फाल्गुन २१, ०८:५२ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–८ कान्तिपुर टोलमा रहेको डिस्कभरी स्कुलले दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेको छ।

सोमवार विद्यालयले फाउन्डेसनलाई २१ हजार ८० रुपैयाँ बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो। विद्यालयको भर्खरै सम्पन्न १५ औं वार्षिकोत्सवको असवरमा  अभिभावक र विद्यार्थीबाट संकलन भएको १९ हजार २८० र विद्यालयले थप गरेको एक हजार ८ सयसहित हुन गएको जम्मा रकमको खाद्यान्न खरिद गरी असहाय व्यक्तिको पालनपोषण गर्दै आएको दृष्टि फाउन्डेसनलाई चामल, दाल र तेलसहितका खाद्य सामग्री हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक योगेन्द्र सिंहले बताए।

“वार्षिकोत्सवको अवसरमा राखिएको दानपात्रमा संकलन भएको र विद्यार्थीले खाजा खर्चबाट बचाएको रकमले खाद्यान्न खरिद गरेर दृष्टि फाउन्डेसनलाई सहयोग गरिएको हो,“ उनले भने, “समाजसँग डिस्कभरी“ भन्ने नाराका साथ विद्यार्थीमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न  दृष्टि फाउन्डेसनलाई सहयोग गरेका हौँ। खाद्यान्न हस्तान्तरण गर्न ५२ जना विद्यार्थीको समूह दृष्टि फाउन्डेसनमा पुगेको हो।“ अभिभावक र विद्यार्थीका अलावा विद्यालयको निमन्त्रणामा ताइवानबाट आएका तीन जना अतिथिले समेत ३ क्वीन्टल चामल सहयोग गरेको प्रधानाध्यापक सिंहले बताए।

उनले ११ हजार ३४० मूल्यको चामल, एक पेटी खानेतेल, तीन क्रेट अण्डा, चार पेटी चाउचाउ, आठ किलोग्राम दाल, पाँच किलोग्राम चिनी, २० वटा डेटोल साबुन, टुथपेष्ट २० वटा र एक डब्बा अमला तेल दृष्टि फाउन्डेसनलाई हस्तान्तरण गरिएको बताए।
No description available.

कमेन्ट लोड गर्नुस