नवनियुक्त तीन मन्त्रीहरुलाई राष्ट्रपतिद्धारा शपथ
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले शपथ लिएका छन्। उनीहरुको कार्यभार भने तोकिएको छैन।