सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रस्तावित निजामती विधेयकमा सरकारी सेवा प्रवेशको अधिकतम उमेर घटाइयो

२०८० फाल्गुन २१, ०६:१६ खबर संवाददाता

धनगढीः बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार दर्ता विधेयक दर्ता गरेको हो। दर्ता गरिएको विधेयकको दफा १८ मा उम्मेदवार हुनका लागि अधिकतम उमेर प्रस्ताव गरिएको छ। विधेयकमा पुरुष र महिलाका लागि सेवा प्रवेशको अधिकतम उमेर यो पटक घटाउने प्रस्ताव गरिएको छ। संघीय संसदबाट यदि विधेयकको यो व्यवस्था जस्ताकोतस्तै पारित भए पुरुष उम्मेदवारले ३२ वर्ष पूरा भएपछि निजामती सेवाको कुनै पनि परीक्षामा सहभागी हुन पाउने छैनन्।

यस्तै, महिला उम्मेदवार ३७ वर्ष पूरा भएपछि निजामती सेवा प्रवेशको ढोका बन्द हुनेछ। यसअघि पुरुषका लागि निजामती सेवा प्रवेशका लागि ३५ वर्ष र महिलाका लागि ४० वर्ष हुने व्यवस्था थियो। विधेयकको प्रस्तावित व्यवस्थामा संशोधन नभए नयाँ निजामती सेवा ऐनअनुसार पुरुष उम्मेदवारले ३२ र महिला उम्मेदवारले ३७ वर्षपछि लोक सेवाको परीक्षामा सम्मीलित हुन पाउने छैनन्।

कमेन्ट लोड गर्नुस