सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा आगो सल्किएर एक शिशु घाइते

२०८० फाल्गुन २१, ०५:५२ खबर संवाददाता

अछामः अछाममा एक शिशु घाइते भएका छन्।

घरभित्र सुताइ राखेको ओछ्यानमा आगो सल्किएर पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका विन्द्रा विकका ४५ दिनका शिशु गणेश विक गम्भीर घाइते भएका हुन्। घाइते शिशुको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि राती नै प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ।

शिशुको बायाँतिरको शरीर जलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए। घरको भान्सामा बेलुका खाना पकाई रहेको बेला अगेनाको छेउमा शिशुलाई सुताएर आमा बिन्द्रा घर बाहिर गएपछि ओछ्यानमा आगो सल्किएर बालक जलेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस