ललित पन्तले गरे ९० थान कपडा सहयोग
२०८० फाल्गुन २१, ०२:३१
धनगढीः कैलालीको धनगढीस्थित कपडा बैंकलाई ललितराज पन्तले ९० थान कपडा सहयोग गरेका छन्।
धनगढी उपमहानगरपालिका–५ तारानगरका पन्तले शिवपुरी धामभित्र रहेको कपडा बैंकलाई सो संख्यामा कपडा सहयोग गरेका हुन्।
पछिल्लो समय कपडा बैंकलाई कपडा सहयोग गर्नेको संख्या बढ्दै गएको सम्पर्क व्यक्ति खगेन्द्र केशीले बताए।
कमेन्ट लोड गर्नुस