सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो 

२०८० फाल्गुन २०, ०९:४९ खबर संवाददाता

एजेन्सीः अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ।

‘वर्षा, हिमपात र चिसो मौसमका कारण ३९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन्।

साथै चिसो मौसमजन्य प्रकोपका कारण ६३७ घरहरु ध्वस्त भएका छन् भने १३ हजार ८८९ वटा गाईवस्तु मरेका छन्,’ राष्ट्रिय प्रकोप प्राधिकरणका प्रवक्ता मुल्ला जनान सेकले बताए। थप क्षति हुन नदिन प्रशासनले पीडित परिवारलाई खाद्यान्न उपलब्ध गराउने तयारी गरिरहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस