सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालुवाटारमा ओली, रवि र प्रचण्ड वार्तामा

२०८० फाल्गुन २०, ०९:३१ खबर संवाददाता

काठमाडौंः सत्ता गठबन्धनमा खटपट सुरु भएको बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सक्रियता बढाएका छन्।

आइतवार बिहानमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक्लाएक्लै भेटवार्ता गरेका ओली आज साँझ महासचिव शंकर पोखरेललाई लिएर बालुवाटर पुगेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्ता सहकार्यबारे छलफल भइरहेको बुझिएको छ।

ओली र दाहालबीचको निर्णायक भेटवार्तामा रास्वपाका सभापति रवि लामिछाने पनि मिसिएको स्रोतको दाबी छ। उता, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले भने सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग सामूहिक छलफल गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस