सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ९ जना फरार अभियुक्त पक्राउ

२०८० फाल्गुन २०, ०६:११ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट फरार ९ जना फरार अभियुक्त पक्राउ परेका छन्।

अदालतबाट दोषी ठहर भएका फरार दोषीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो। जबरजस्ती करणीमा दोषी ठहर केशवराज भट्ट, अभद्र व्यवहारमा फरार आयुष भट्टराई, नकवजनी चोरीमा फरार रवि भन्ने कोशिष कार्की, सवारी ज्यान मुद्दामा फरार नरसिंह धामी पक्राउ परेका छन्।

त्यस्तै अभद्र व्यवहारमा फरार दोषी सोलु बडौला, गाली बेइज्जतीमा फरार दोषी जोगी गिरी दमाई, सोही अभियोग अन्तर्गत फरार दोषी भरत दमाई, पुनी दमाई र किर्ते जाल साजमा दोषी ठहर पुरन कुमाल गरी आइतबार एकैदिन ९ जना फरार अभियुक्तलाई कञ्चनपुर प्रहरी पक्राउ गरेको छ।

पक्राउ परेकाहरुको कैद अवधि ६ महिना तोकिएको छ। २०६४ देखि २०८० पुस महिनादेखि फरार रहेकाहरु पक्राउ परेका हुन्। पक्राउ परेका अभियुक्तबाट एक हजारदेखि १५ हजारसम्म जरिबाना समेत तोकिएको छ।

कमेन्ट लोड गर्नुस