सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र महाजात्राको ट्रेलर सार्वजनिक

२०८० फाल्गुन २०, ०५:१३ खबर संवाददाता

काठमाडौंः चलचित्र ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक भएको छ।

आइतवार सुन्धारामा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा फिल्मका मुख्य कालाकारलाई नै बढी स्थान दिइएको छ। ‘जात्रा’ फिल्म श्रृङ्खलाको तेस्रो सिक्वलका रुपमा निर्माण गरिएको यस फिल्म अघिल्ला फिल्म जस्तै पैसा व्यवस्थापनमा गर्दा आइपर्ने समस्यामा आधारित कथामा बनेको ट्रेलरबाट बुझ्न सकिन्छ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ। षट्कोण आर्टको ब्यानरमा बनेको यो फिल्म चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ। यस फिल्मको लेखक र निर्देशक प्रदीप भट्टराई हुन्। 
 

कमेन्ट लोड गर्नुस