गोदावरीको श्रीपुर खानेपानीको अध्यक्षमा स्वतन्त्र प्यानलका साउँद निर्वाचित
धनगढीः कैलालीको गोदावरीस्थित श्रीपुर खानेपानीको अध्यक्षमा स्वतन्त्र प्यानलका दीर्घबहादुर साउँद निर्वाचित भएका छन्।
गोदावरी नगरपालिका–७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा स्वतन्त्र प्यानलबाट साउँद निर्वाचित भएका हुन्। शनिबार भएको निर्वाचनमा चन्द्रबहादुर शाहीलाई पराजित गर्दै साउँद निर्वाचित भएका हुन्। साउँदले ४१६ मत ल्याउँदा शाहीले ३४८ मत मात्र पाएका छन्। समितिको उपाध्यक्षमा पनि साउँद प्यानलबाटै उम्मेदवारी दिएकी बिना गोतामे निर्विरोध निर्वाचित भएकी छन्।
समितिको सचिवमा समेत साउँद प्यानलकै खेमराज ओझा निर्वाचित भएका छन्। उनी ४ सय मत ल्याएर विजयी हुँदा गोपालसिंह साउँदले ३६३ मत पाएका छन्। कोषाध्यक्षमा भने शाही प्यानलका खगेन्द्रराज पनेरु निर्वाचित भएका छन्। उनी ३९४ मत ल्याउँदै विजयी भएका हुन्। सदस्यमा पनि स्वतन्त्र प्यानलका ३ जना निर्वाचित भएका छन्। २ जना शाही प्यानलका विजयी भएका छन्।
साउँद प्यानलबाट सदस्यहरुमा शेखर पनेरु, घनश्याम जोशी, शुशिलराज उपाध्याय विजयी भएका हुन्। पनेरुले ३९०, जोशीले ३८५ र उपाध्यायले ३८२ मत ल्याउँदै विजयी भएका हुन। शाहीको प्यानलबाट सदस्यहरुमा मेखराज फुलारा र नन्दादेवी साउँद विजयी भएका छन्। फुलाराले ३७२ र साउँदले ३७५ मत ल्याएर विजयी भएका हुन्। निर्वाचित साउँदले स्वतन्त्र उम्मेदवारी दिएका थिए। शाही भने नेपाली कांग्रेसका नेता हुन्।