सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको डिस्कभरी स्कुलको असल अभिभावकत्व कार्यक्रम सम्पन्न

२०८० फाल्गुन २०, १२:३४

धनगढी: धनगढीको डिस्कभरी स्कुलले असल अभिभावकत्व कार्यक्रम सम्पन्न गरेको छ। धनगढी-८ कान्तिपुर टोलमा रहेको विद्यालयले शनिवार असल अभिभावक सम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो।

धनगढीको ओम प्यालेसमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका करिब ७ सय जना  अभिभावकको सहभागिता रहेको थियो। विद्यार्थीको समग्र सिकाइ प्रभावकारी बनाउन अभिभावकको भूमिका पनि महत्त्वपूर्ण हुन्छ भन्ने ठानेर विद्यालयले अभिभावक भेला गरेको प्रधानाध्यापक योगेन्द्र सिंहले बताए।

असल अभिभावकत्व कार्यक्रममा शैक्षिक अभियानकर्ता क्षेत्रप्रसाद ज्ञवालीले अभिभावकले बहन गर्नुपर्ने जिम्मेवारीका विषयमा प्रकाश पारेका थिए। विद्यालयले आयोजना गरेको अभिभावक शिक्षा सम्बन्धि कार्यक्रममा सहभागीहरूले विद्यालयको उक्त कामको प्रशंसा गरेका थिए। सहभागी अभिभावकहरूले असल अभिभावकले असल विद्यार्थी निर्माण गर्न विद्यालयको भन्दा बढी भूमिका खेल्नुपर्ने कुराको ज्ञन भएको बताएका छन्। विद्यालयले यस्तै कार्यक्रम समय-समयमा आयोजना गर्ने जनाएको छ।

कमेन्ट लोड गर्नुस