सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट बोईलर कुखुरासहित २ लाख बढीका सामान बरामद

२०८० फाल्गुन १९, १२:४६ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट बोइलर कुखुरासहित २ लाख बढीका अबैध सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–१ बालुवाघाट, वडा नम्बर को ३ चौराह, वडा नम्बर ९ को त्रिबेणीघाटबाट ९७ हजार ७ सय ४० मूल्यको अबैध प्याज, चिनी, सुर्ती, साबुन, डेरी मिल्क, पटका, माछा र बोइलर कुखुरा प्रहरीले बरामद गरेको हो।

यस्तै टीकापुर नगरपालिका–७ प्रतिपुरबाट २७ हजारको चिनी र गोदावरी नगरपालिका–२ बनदेबी मन्दिर नजिकबाट ५५ हजार ५० मुल्यको सुट गरेर एक लाख ७९ हजार ७ सय ९० मुल्यको सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा नियन्त्रणमा लिएको हो। 

उता भीमदत्त नगरपालिका–१७ महाकाली बालबिद्या नजिकबाट १० हजारको प्लाष्टिक झिल्ली, बिडी, पेय पदार्थ, सुर्ती लगायतका सामान र बेलौरी नगरपालिका–१ फटैयाबाट ३५ हजार मूल्यको बोइलर कुखुरा गरि ४५ हजार मूल्यका अबैध सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारेको छ।

कमेन्ट लोड गर्नुस