कञ्चनपुरबाट विभिन्न मुद्धामा फरार रहेका दोषीहरु धमाधम पक्राउ पर्दै
कञ्चनपुरः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार एकै दिन १० जना फरार कसुरदारलाई पक्राउ गरेको छ।
जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी अदालत र जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो। पक्राउ पर्नेमा २०७० देखि हालसम्म विभिन्न मितिमा फैसला भएर जरिवाना तोकिएकाहरु छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार उनीमा १ सय २५ रुपैयाँदेखि ४९ हजारसम्म जरिवाना तोकिएका दोषी समेत हुन्।
शुक्रवार अभद्र व्यवहारका ६ जना र कुटपिट मुद्धाका ४ जना गरी एकैदिन १० जना दोषी पक्राउ परेका छन्। अभद्र व्यवहारमा दोषी ठहर महेश लुहार, आशिष सुनार, पशुपति दमाइ, अनुज गुप्ता, निरा दमाइ र गोपाल चुनारा पक्राउ परेका छन्। महेशलाई १० हजार, आशिषलाई सात हजार, पशुपतिलाई अदालतले अभद्र व्यवहार गरेको दोषी ठहर गर्दै ४९ हजार जरिवाना तोकेको थियो।
अनुजलाई पाँच हजार, निरालाई ४९ हजार र गोपाललाई तीन हजार जरिवान तोकिएको थियो। त्यस्तै कुटपिट मुद्धामा अलातबाट दोषी ठहर भएका दिपक थलाल, रामदत्त भट्ट, राजी थलाल र राम थलाल पक्राउ परेका छन्। दिपक, राजी थलाल र रामलाई समान १ सय २५ रुपैँयाका दरले जरिवान तोकिएको थियो।
सजाय तोेकेकै दिनबाट फरार ती अभियुक्तलाई पक्राउ गरि जिल्ला अदालत कञ्चनपुरमा पेश गरेको प्रहरी नायव उपरीक्षक डाँगीले बताएका हुन्। कञ्चनपुर प्रहरीले बिहीवार र मंगलबार विभिन्न मुद्धामा फरार थप ६ जना दोषीलाई पक्राउ गरेको थियो।