सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पाँच महिनामा ४८ किलोमिटर सडक ग्राभेल

२०८० फाल्गुन १७, ०२:०२ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले असोज १४ गतेबाट ग्राभेलको काम सुरु गर्यो। धनगढी उपमहानगरपालिकाका १९ वटा वडामा १२ वटा वडाका सडकहरूमा ग्राभेलको काम सकिएको छ। उपमहानगरपालिकाले पाँच महिनामा ४८ किलोमिटर सडक ग्राभेल गरेको हो।

पहिचान भएका सबै सडकको उपमहानगर आफैले ग्राभेल गर्दै आएको छ। पाँच महिनाको अवधिमा एक करोड ६७ लाख २९ हजार रुपैयाँको ग्राभेल गरिएको हो। उपमहानगर आफैले ग्राभेल गर्ने नीति अनुसार एक पटकसमेत ग्राभेल नगरिएका सडकहरूमा काम जारी रहेको छ।

धनगढी उपमहानगरपालिकाका अनुसार हाल वडा नम्बर ६ र ११ का सडकहरुमा ग्राभेल गर्ने काम जारी रहेको छ। धनगढी उपमहानगरपालिकाका वडा नम्बर ७, ८,९ र १० का सडकहरूमा मात्र ग्राभेलको काम बाँकी रहेको छ। चालु आर्थिक वर्षमा २ करोड ८० लाख ७६ हजारको ग्राभेल गर्ने धनगढी उपमहानगरपालिकाको लक्ष्य रहेको छ।

धनगढी उपमहानगरपालिकाको तथ्याङ्क अनुसार वडा नम्बर १ मा १६ लाख रुपैयाँ ग्राभेलका लागि विनियोजन गरिएको थियो। वडा नम्बर १ मा १४ लाख ५४ हजार पाँच सय ३० रुपैयाँको लागतमा दुई हजार नौ सय ३० मिटर सडक ग्राभेल गरिएको छ। वडा नम्बर २ मा २४ लाख रुपैयाँ ग्राभेलका लागि विनियोजन गरिएको थियो। उक्त वडामा ६ हजार सात सय ५८ मिटर सडक ग्राभेल गरिएको छ। २३ लाख ६२ हजार ८ सय ७५ रुपैयाँ खर्च भएको छ।

धनगढी–३ मा १५ लाख रुपैयाँ ग्राभेलका लागि विनियोजन गरिएको थियो। वडा नम्बर ३ मा ९ लाख ८५ हजार ८ सय २९ रुपैयाँ खर्चेर तीन हजार ६ सय ९५ मिटर सडक ग्राभेल गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा १० लाख रुपैयाँ ग्राभेलका लागि विनियोजन गरिएको थियो। चालु आर्थिक वर्षमा ९ लाख ८५ हजारको लागतमा तीन हजार आठ सय ६० मिटर सडक ग्राभेल गरिएको छ।

वडा नम्बर ५ मा २० लाख रुपैयाँ ग्राभेलका लागि विनियोजन गरिएको थियो। वडा नम्बर ५ मा तीन हजार एक सय ६ मिटर सडक ग्राभेल गरिएको छ। १० लाख ९ हजार रुपैयाँ खर्च भएको छ। वडा नम्बर १२ मा ११ लाख विनियोजन गरिएकोमा १० लाख ८० हजार खर्च भएको छ भने, तीन हजार १० मिटर सडक ग्राभेल गरिएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर १३ मा ११ लाख ६७ हजार ग्राभेलका लागि विनियोजन गरिएकोमा ११ लाख ३४ हजार खर्चेर तीन हजार आाठ सय ६० मिटर सडक ग्राभेल गरिएको छ।

वडा नम्बर १४ मा १६ लाख विनियोजन गरिएको छ। १४ लाख ३९ हजारको लागतमा तीन हजार ६ सय ७७ मिटर सडक ग्राभेल गरिएको छ। वडा नम्बर १५ मा १० लाख विनियोजन गरिएको थियो। १० लाखमा नौ लाख ९९ हजार चार सय रुपैयाँ खर्च भएको छ। तीन हजार आठ सय ५३ मिटर सडक ग्राभेल गरिएको छ। वडा नम्बर १६ मा पाँच लाख ५० हजार विनियोजन गरिएको थियो। पाँच लाख तीन हजार चार सय ५६ रुपैयाँ खर्चेर एक हजार २ सय १९ मिटर सडक ग्राभेल गरिएको छ।

वडा नम्बर १७ मा १२ लाख विनियोजन गरिएकोमा ११ लाख ९६ हजार खर्च गरेर तार हजार एक सय ९८ मिटर सडक ग्राभेल गरिएको छ। वडा नम्बर १८ मा ११ लाख ५० हजार विनियोजन गरिएकोमा १४ लाख ८५ हजार खर्च भएको छ। तीन हजार चार सय २० मिटर सडक ग्राभेल गरिएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर १९ मा १७ लाख ५० हजार ग्राभेलका लागि विनियोजन गरिएको थियो। उक्त वडामा १६ लाख २३ हजार खर्चेर चार हजार पाँच सय एक मिटर सडक ग्राभेल गरिएको छ।

धनगढी उपमहानगरपालिकाको तथ्याङ्क अनुसार पाँच महिनामा तीन हजार तीन सय तीन ट्रिप टिप्पर ग्राभेल सडकमा हालिएको छ। अहिलेसम्म २५ हजार चार सय ९३ घनमिटर ग्राभेल धनगढी उपमहानगरपालिकाका कच्ची सडकहरूमा हालिएको हो। धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा २ करोड ८० लाख ६७ हजार ग्राभेलका लागि विनियोजन गरिएकोमा पाँच महिनामा एक करोड ६७ लाख २९ हजार २ सय ३१ रुपैयाँ खर्च भएको छ।

चालु आर्थिक वर्षमा सडक ग्राभेल गर्न उपमहानगरपालिकाले ७ वटा ब्याको लोडर र ११ वटा टिप्परहरू प्रयोग गरेर ग्राभेलको काम गर्दैछ। धनगढीमा सबै वडाहरूमा एक सय ६३ किलोमिटर सडकमा एक पटक पनि ग्राभेल नभएको फेला परेको थियो। ती सडकमा ग्राभेल गर्न १८ करोड बजेट आवश्यक पर्ने धनगढी उपमहानगरपालिकाको अनुमान छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस