सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक महिलालाई लछारेर ट्रक गायब

२०८० फाल्गुन १६, १२:५१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा आज (बुधबार) विहान एक महिलालाई लछारेर ट्रक गायब भएको छ।

मर्निङवाक गरिरहेकी ती महिलालाई लछारेर ट्रकसहित चालक फरार भएका हुन्। सहिदगेट–क्याम्पसचोक सडकखण्डमा मर्निङ वाक गरिरहेकी धनगढी उपमहानगरपालिका–५ तारानगरकी ७० वर्षीया इन्द्रा पन्तलाई मिनि ट्रकले लछारेर घाइते बनाएको छ। धनगढीको एक्सिस विद्याश्रमको चोकदेखि करिब बालमिकि स्कुलसम्म उनलाई लछारेको प्रहरीले जनाएको छ।

विहान सवा ६ बजेको समयमा इन्द्रा पन्त र उनकी भदैनी लक्ष्मी जोशी मर्निङवाक गरिरहेको अवस्थामा मिनि ट्रकले लछारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए। एक्सिस विद्याश्रमको चोकमा पुग्दा चक्मेली तिरबाट आएको मिनि ट्रकले तारसहित पन्तलाई लछारेर लगेको हो।

उनकी भदैनी लक्ष्मीलाई सोध्दा लछार्ने मिनि ट्रक नै भएको तर नम्बर टिप्न नभ्याएको सोधीखोजीको क्रममा खुलेको उनले बताए। घाइते पन्तको टाउको र दुबै खुट्टाको घुँडामा चोट लागेको छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। त्यो आसपासमा रहेका सिसिक्यामेराहरु हेरिरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस