सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालीमा पुलबाट बस खस्दा ३१ जनाको मृत्यु

२०८० फाल्गुन १६, १०:५९ खबर संवाददाता

एजेन्सीः  मालीमा बस पल्टिएर पुलबाट झर्दा ३१ जनाको मृत्यु भएको छ।

केनिएबाबाट बुर्किना फासो जाँदै गरेको बस बागोए नदीमाथिको पुलबाट झरेको थियो। उक्त घटनामा कम्तीमा १० जना घाइते भएको बताइएको छ।

यी मध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ। चालकले बस नियन्त्रण गर्न नसक्दा यो घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन्। घटनाको विस्तृत विवरण आइसकेको छैन।
 

कमेन्ट लोड गर्नुस