सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको छत्तीसगढमा सरकारी फौजद्वारा चार जना मारिए

२०८० फाल्गुन १६, ०९:२७ खबर संवाददाता

एजेन्सीः मध्य भारतको छत्तीसगढ राज्यमा मंगलवार प्रहरी र अर्धसैनिक बलको संयुक्त दस्ताबीच भीषण गोली हानाहान हुँदा चार नक्सलवादी विद्रोही मारिएका छन्।

छत्तीसगढको राजधानी रायपुरबाट करिब ४०३ किलोमिटर दक्षिणमा रहेको बिजापुर जिल्लाको जंगल क्षेत्रमा सरकारी फौजले खोजी अभियान सञ्चालन गर्दा गोली हानाहान भएको हो।

जंगल क्षेत्रबाट चार नक्सलवादी विद्रोहीको शव फेला परेको र त्यस क्षेत्र आसपास खोजी अभियान जारी रहेको जनाइएको छ। घटनास्थलबाट केही हतियार र गोलीबारुद पनि बरामद भएको छ। आइतवार  मात्र राज्यको काङ्केर जिल्लाको कोयालिबेडा क्षेत्रको जंगलमा गोली हानाहानमा  तीन नक्सलवादीको मृत्यु भएको थियो। 
 

कमेन्ट लोड गर्नुस