सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

२०८० फाल्गुन १६, ०८:११ खबर संवाददाता

धनगढीः कैलालीबाट मंगलवार साँझ एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१२ स्थित सडक खण्डबाट ५६० मिलिग्राम लागुऔषध(खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित एक जना पक्राउ परेका छन्।

टीकापुरनगरपालिका–८ बटनपुरका २८ वर्षीय प्रबिण साउदलाई मंगलबार साँझतिर इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस