सुदूर नेपाललाई विश्वसँग जोड्दै

७८ लाख धरौटी बुझाएर छुटे राजनारायण पाठक

। फोटो स्रोत ।
२०७६ जेठ १, ०९:२७ खबर संवाददाता

भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक  ७८ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। बुधबार विशेष अदालतमा भएको थुनछेक बहसमा उनीसंग ७८ लाख रुपैयाँ धरौटी माग गरेको हो।

पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलेको थियो।  बयानपछि भएको थुनछेकमा उनलाई धरौटी माग्ने निर्णय गरेको हो। उनी नेपाल बंगलादेश बैंकमार्फत बैंक ग्यारेन्टी राखेर छुटेका हुन् । 

नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै उनले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
 

कमेन्ट लोड गर्नुस