सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरे

२०८० फाल्गुन १४, ०४:५५ खबर संवाददाता

काठमाडौँः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन्।

वरिष्ठ नेता महतोले आज (सोमवार) पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गरेका हुन्। पार्टी परित्यागसँगै उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा पनि गरेका छन्। केही समयदेखि लोसपा नेतृत्वसँग असन्तुष्ट रहँदै आएका नेता महतोले पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागसहित औपचारिकरुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा पनि गरेका छन्।

नेता महतोले आफूले आज घोषणा गरेको अभियान, सङ्घर्ष र विद्रोहका रुपमा अगाडि बढ्ने पनि बताए। आफूले लोसपा परित्याग गरे पनि उक्त क्रान्तिमार्फत सक्रिय रहने उनले बताए। “जुन आशा र अपेक्षाअनुसार हामीले लोसपाको विकास गर्न खोजेका थियौँ, त्यसरी सो पार्टीले मुलुकलाई निकास दिन नसकेपछि पार्टी परित्याग गरेको महतोले बताए।”
 

कमेन्ट लोड गर्नुस