Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

‘प्लस–टु’ मा कानुन पढाइ

खवर संवाददाता
२०७६ जेठ १, ०५:५०
अ+

प्रवीणता प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ मा कानुन विषयमा कक्षा सञ्चालन नभएको स्थितिमा नेपाल विद्यापीठ कलेजले उक्त अभावलाई मेटाउने भएको छ। दस जोड दुई (प्लस–टु) उत्तीर्ण गरेका विद्यार्थीले कानुनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्छ । स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न सक्नेछन्।

२०५८ सालमा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि नेपालमा पहिलोपटक काठमाण्डौको बानेश्वरस्थित त्यस कलेजले ‘प्लस–टु’मै कानुन विषय पढाउन थालेको हो। कलेजमा पूर्व न्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता तथा कानूनी र शैक्षिक क्षेत्रका ज्ञाता आबद्ध छन्।

कक्षा ११ र १२ मा ५०० पूर्णाङ्कको यो विषयको ‘प्लस–टु’ पास गरेका विद्यार्थीले सिधै स्नातकमा कानुन विषय पढ्न पाउने छन्। काठमाण्डौ महानगरपालिकाबाट विद्यालय सञ्चालनको अनुमति लिई यस वर्षदेखि कानून र व्यवस्थापन कक्षा सञ्चालनको तयारी भएको कलेजका प्रिन्सिपल विनोद तिमल्सिनाले बताए। रासस 

Skip Ad