सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एकै दिन तीन जना फरार प्रतिवादी पक्राउ

२०८० फाल्गुन १३, ०९:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट आइतवार (आज) एकै दिन विभिन्न मुद्धामा फरार रहेका तीन जना पक्राउ परेका छन्।

नदि उकास तथा वन क्षेत्र खनजोत गरेको आरोपमा दोषि भइ फरार रहेका खेम खुना पक्राउ परेका छन्। उनलाई २०८० जेष्ठ २२ गते एक हजार जरिवान तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। लागुऔषध मुद्धामा २०६३ जेष्ठ २ गते पुथ्वी रानालाई अदालतले एक महिना कैद र एक हजार रुपैँया जरिवाना तोकेको थियो।

यस्तै बैँकिङ मुद्धामा २०८० जेष्ठ १२ गते सिद्धराज जोशीलाई दोषी ठहर गरेको थियो। उनलाई बैँकिङ मुद्धामा एक महिना कैद र एक हजार जरिवाना तोकेको थियो। जोशी सोहि पनि दिनबाटै फरार रहेका थिए। तीनै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
 

कमेन्ट लोड गर्नुस