सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जना फरार प्रतिवादी गोदावरीबाट पक्राउ

२०८० फाल्गुन १३, ०६:१२ खबर संवाददाता

धनगढीः कैलालीबाट दुई जना फरार दोषी पक्राउ परेका  छन्।

लागुऔषध र बैँकिङ् मुद्धामा फरार रहेका दुई जना आइतवार पक्राउ परेका हुन्। लागुऔषध मुद्धामा १ महिना २० दिन कैद सजाय भई फरार रहेका गोदावरी नगरपालिका–२ का ३२ वर्षीय संजय सुनार पक्राउ परेका छन्। यस्तै बैँकिङ् कसुर मुद्दामा दोषी गोदावरी नगरपालिका–१० का २४ वर्षीय पवन रावत पक्राउ परेका छन्।

रावतलाई अदालतले बैँकिङ् मुद्धामा २ लाख ८५ हजार जरीवाना तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट  खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस