सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक कस्मेटिक पसलमा आगलागी

२०८० फाल्गुन १३, ०५:४८ खबर संवाददाता

अछामः अछाममा एक कस्मेटिक पसलमा आगलागी भएको छ।

जिल्लाको रामारोसन गाउँपालिका–३ मुजाबगर स्थित रतन रावलको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ४ कोठे घरको भुईतलामा रहेको कस्मेटिक पसलमा आइतवार आगलागी भएको हो।

पसलमा बालेको धुपबाट एक्कासी आगो  सल्केर आज बिहान आगलागी भएको हो। आगलागीबाट पसल भित्र रहेका लुगाकपडा, कस्मेटिक सामान गरि अन्दाजी ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो। 
 

कमेन्ट लोड गर्नुस