सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई दिनभित्र युवा संगठनहरुको एकीकरणको टुंगो लगाइन्छ : अध्यक्ष दाहाल

। फोटो स्रोत ।
२०७६ जेठ १, ०५:४१ खबर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका युवा संगठनहरुको एकीकरणको काम दुई दिनभित्र टुंगो लगाइने बताएका छन्। बुधबार युवा संघ, नेपालको स्थापना दिवसको अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनले जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई पनि २ दि भित्र सम्पन्न गर्ने बताएका छन्। 

मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते सबै संगठनहरुको एकीकरणको काम सम्पन्न हुने गरी बिहीबार बिहान पार्टीे सचिवालयको बैठक बोलाइएको पनि जानकारी दिँदै उनले अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने बताए। नागरिक र राष्ट्रको चाहना र भावनाको जगमा दुई पार्टीबीच एकता भएको दाहालको भनाई छ। 

कमेन्ट लोड गर्नुस