सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश २ सरकारको प्रशासनिक संरचनासम्बन्धी प्रतिवेदन हस्तान्तरण

। फोटो स्रोत ।
२०७६ जेठ १, ०३:२८ खबर संवाददाता

प्रदेश २ को सरकारले प्रशासनिक संरचना सम्बन्धी प्रतिवेदन मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ। गत वर्ष असारमा प्रदेश २ सरकारले गठन गरेको विद्याधर मल्लिक नेतृत्वको एकल सुझाव आयोगले बुधबार अन्तिम प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको हो। 

प्रतिवेदन हस्तान्तरण गर्दै विद्याधर मल्लिकले प्रदेशको प्रशासनीक संरचनालाई दुरुस्त बनाउन कम्तीमा ५ हजार कर्मचारीको आवश्यकता रहेको बताए। कार्यक्रममा मुख्यमन्त्री राउतले प्रतिवेदनमा आएका सुझावहरु माथि छलफलपछि कार्यान्वयनको चरणमा लाग्ने बताए।

आयोगलाई तत्कालिक र दीर्घकालिक गरी दुई चरणमा प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो। सोहि अनुरुप आयोगले तत्कालिक प्रतिवेदन भदौको अन्तिम साता सरकारलाई बुझाएको थियो भने दीर्घकालिक प्रतिवेदन आज बुझाएको हो।

कमेन्ट लोड गर्नुस