सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तडको आधार शिविर झिग्रानाको अनुगमनमा मुख्यमन्त्री शाह 

२०८० फाल्गुन १२, ०९:२० खबर संवाददाता

डोटीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले खप्तड क्षेत्र पदमार्गको आधार शिविर डोटीको झिग्रानाको अनुगमन गरेका छन्।

उनी संगै आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष अनुप कुमार उपाध्यायले पनि त्यस क्षेत्रको अवलोकन तथा अनुगमन गरेका छन्। अनुगमनका क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले यस क्षेत्रमा प्रदेश सरकारले थप के गर्न सक्छ, यस क्षेत्रमा लगानी गर्दा कसरी अगाडी बढने विषयका लागि उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको बताए।

झिग्राना क्षेत्रमा आफु न पुगेको र कैलाली र कञ्चनपुरबाट सजिलै आउन सकिने यस क्षेत्रको भम्रण तथा अवलोकनका लागि आउन हुन उनले अनुरोध गरे। यस्तै,सुदूरपश्चिमको गरिबिलाई उकास्ने प्रोजक्ट भनेको कृषि र पर्यटन रहेको आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बताए। उनले खप्तडलाई पर्यटनको क्षेत्रमा जोडनको लागि प्राथमिक्ताका साथ ठोस नतिजा निकालेर योजना ल्याईने  बताए।

कमेन्ट लोड गर्नुस