सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा तीर्थयात्री बोकेको ट्याक्टर पोखरीमा खस्दा २२ जनाको मृत्यु

२०८० फाल्गुन १२, ०७:१४ खबर संवाददाता

एजेन्सीः भारत उत्तर प्रदेशको कासगञ्ज जिल्लामा तीर्थयात्री बोकेको ट्याक्टर पोखरीमा खस्दा २२ जनाको मृत्यु भएको छ।

दुर्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन्। उत्तर प्रदेशको जयथारा गाउँबाट गङ्गा नदीमा स्नान गर्न जाने तीर्थयात्री बोकेको ट्याक्टर गढाई गाउँ नजिकै पोखरीमा खसेको जनाएको छ।

ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र पोखरीमा फसेकाहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाई छ। दुर्घटनाको मुख्य कारण तीव्र गति भएको प्रहरीले उल्लेख गरेको छ। 
 

कमेन्ट लोड गर्नुस